ताप्लेजुङमा जिप दुर्घटना हुँदा शिक्षकको मृत्यु, चालक घाइते 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १२, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
ताप्लेजुङमा जिप दुर्घटना हुँदा शिक्षकको मृत्यु, चालक घाइते 

ताप्लेजुङ,११ श्रावण। सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका-३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

फुङलिङ नगरपालिका-११ फावाखोलाको वडाध्यक्ष युवराज भट्टराईका अनुसार सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना विश्‍वकर्माका उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

आजैदेखि स्कुल खुलेकाले भावना विद्यालयतर्फ जाँदै थिइन् । ‘अरु यात्रु बाटोमा ओर्लिइसकेका रहेछन्,’ भट्टराईले भने, ‘गाडीमा उहाँ एक्लै रहनुभएको रहेछ, टर्निङमा गाडी मोड्ने क्रममा ५० मिटरजति तल झरेको भेटियो ।’

उपचारका लागि लैजाँदै गर्दा त्रिभुवन चोकमा पुगेपछि भावनाको मृत्यु भएको भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मृतक फुङलिङ नगरपालिका-११ फावाखोलाकै हुन् । फावाखोलाकै चालक विष्टको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस