नेपाल सरकारका दुई महिला एकसाथ सहसचिव सचिवमा बढुवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १३, सोमबार (७ महिना अघि)
  • ४ पटक पढिएको
नेपाल सरकारका दुई महिला एकसाथ सहसचिव सचिवमा बढुवा

काठमाडौं, १२ श्रावन। नेपाल सरकारका दुई महिला सहसचिव एकसाथ सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामूको जिम्मेवारीमा थिइन् ।

निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस