सर्लाही,१२ श्रावण। सर्लाहीको ब्रहम्पुरी गाउँपालिका – ७ मोहनगंजमा आज साझँ विद्यालयको बसले किचेर एक बालिकाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका – १, चौलिखास्थित टेमुको एकेडेमी स्कुलको म.प्र. ०३–००१ क २५४२ नम्बरको बसले विद्यालयबाट घर जान लाग्दा ब्रहम्पुरी गाउँपालिका – ७, मोहनगंजकी ५ वर्षीया आशिका महतोको किचेर मृत्यु भएको हो। उनी सोही विद्यालयमा अध्ययनरत छात्रा थिइन्।
विद्यालय छुटेपछि बसबाट झर्ने क्रममा पछाडिको चक्काले किच्दा आशिकाको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्कालै उपचारका लागि जिवन नारायण अस्पताल बयलबास लगिए पनि डाक्टरले साँझ ४:४० बजे मृत घोषणा गरेका थिए। अहिले मृतक बालिकाको शव मलगवा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
दुर्घटनापछि बस चालक फरार छन्। खोजी तथा आवश्यक अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


