सिन्धुली घटना : बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १३, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सिन्धुली घटना : बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिए

काठमाडौं,१२ श्रावण। सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान थालेको थियो ।

घटनाक्रम पछ्याउँदै जाँदा प्रहरीले उनीहरु पोखराको लेकसाइडस्थित एक होटलमा गएर बसेको सूचना पायो । उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेर बसेका थिए ।

उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका बताए । उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस