रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १९, आईतबार (६ महिना अघि)
  • ६ पटक पढिएको
रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौँ,१८ श्रावण। नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) इभेन्टमा ऐतिहासिक जित हासिल गरेका छन् ।

उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका हुन् । उनले तेस्रो राउन्डको ५४औँ सेकेन्डमै भारतीयलाई नकआउट गरिदिए । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारे ।

योसँगै ढाँटले आफ्नो व्यावसायिक करियरमा नवौँ जित दर्ता गरे । यो फाइटका लागि उनले निकै कडा तयारी र मिहिनेत गरेका थिए । त्यो कुरा भारतीय फाइटरविरूद्ध ढाँटको रणनीति सुधार र नवीनताले पुष्टि गरेको छ ।

ढाँटले इभेन्टको दोस्रो राउन्डमा कोरेनलाई थोरै दबाबमा राखे । त्यसपछि तेस्रो राउन्डमा कडा र चाँडो आक्रमण गर्दै विपक्षीको बचाउलाई निस्तेज पार्दै नकआउट जित हासिल गरे । उनका प्रशिक्षक र टिमका सदस्यहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन् ।

उनीहरूले यो फाइटलाई नेपालका लागि गर्वको क्षण भनेका छन् । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको मान्यता बढाएको छ । यो प्रदर्शनले ढाँटलाई भविष्यमा प्रतिस्पर्धाको लागि नयाँ उत्साह र आत्मविश्वास दिलाएको छ ।

ढाँटको सफलता नेपालका लागि महत्त्वपूर्ण सावित भएको छ । नेपाली खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरू आइरहेका छन्, उनीहरूका लागि पनि ढाँट हौसला बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस