बारा, १८ श्रावण। बाराको सिम्रौनगढमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
क्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार उनलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो।
उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ।


