रौतहटको बागमती नदीमा बेपता भएका युवकको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १९, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको बागमती नदीमा बेपता भएका युवकको शव फेला

रौतहट, १८ श्रावण। रौतहटको बागमती नदीमा बेपता भएका एक भारतीय युवक शव भेटिएको छ।  शनिबार बागमती नदीमा नुहाउने क्रममा  बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव  नदिको नहरमा बरामद भेटिएको हो।  

शनिबार दिउँसो ३ बजेको समयमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थित बागमती नदीको झोलङ्गे पुल नजिक मादक पदार्थ सेवन गरेर  नुहाउन जाने क्रममा अचानक नदीमा आएको पानीको भेलले बगाएर सिंह बेपता भएका थिए ।

सप्रबल नेपाल नं‍.११ गण हेक्का रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिम रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा स्थित बागमती नदिको नहरमा शव फेला परेको हो।  

सुरक्षाकर्मीले भारतीय युवकको शवलाई नहरको पानीबाट निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्‍याएको र पोस्टमार्टम पछि परिवार जनको जिम्मा लगाउने रौतहट प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस