
महोत्तरी, २० श्रावण। महोत्तरीमा ४ सय ७१ केजी गाँजासहित एक जना पक्राउ परेका छन्।जिल्लाको रामगोपालपुरबाट ट्रकमा लोड गरिएको अवस्थामा ४ सय ७१ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उक्त सो परिमाणको गाँजासहित मकवानपुरको राक्सिरांग गाउँपालिका ४ का २६ वर्षीय मानवहादुर मुक्तानलाई पक्राउ गरिएको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
