झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २२, बुधबार (६ महिना अघि)
  • ५ पटक पढिएको
झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिए

विराटनगर, २१ श्रावण। झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन  बुधबार बिहान मृत भेटिएका हुन् ।

अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले  घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि प्रहरीले अनुसन्धानका लागि  मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन,  सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ । अन्य फरार छन् । फरारको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस