सर्लाही, २१ श्रावण। सर्लाहीको हरिपूर्वामा टायरगाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा गुड्दै गरेको टायरगाडीमा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका–९ का २१ वर्षीय अशोक यादवको मृत्यु भएको हो ।
दुर्घटनाको विषयलाई लिएर स्थानीयले बाँके–संग्रामपुर सडक खण्डअन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ ।


