सिन्धुलीमा एक युवकको मिर्गौला निकालिएको आरोपमा एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

 काठमाडौं, २२ श्रावण।सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस