पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

बारा, २२ श्रावण। बाराको कलैया उपमहानगरपालिका–३ गङ्गापुरमा पोखरीमा डुबेर एक सात वर्षीय बालकको ज्यान गएको छ।

मृतक बालक सोही ठाउँका रामईश्वर साहका छोरा सञ्जीत साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय छठ पर्वका लागि निर्माण गरिएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो।

बालक डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि कलैयास्थित आशीर्वाद अस्पताल पुर्‍याएका थिए। तर अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरी निरीक्षक खेम नेपालले पुष्टि गरेका छन्। स्थानीयवासीले यस्ता स्थानमा बालबालिकाको सुरक्षालाई ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस