जुवातास खेलेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
जुवातास खेलेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ

काठमाडौं, २२ श्रावण। जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् ।

धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३०० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस