रौतहटमा ट्रान्सफर्मर चोरी भएपछि डिप ट्युबेल प्रयोग विहिन भएको छ । जसका कारण किसानहरु मारमा परेका छन । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ७ मुडवलवामा कृषि यान्त्रिक प्रवर्धन केन्द्र नक्टाझिज धनुषले २०६५ सालमा जडान गरेको डिप ट्युबेलको ट्रान्सफर्मर चोरी भएपछि सो डिप ट्युबेल सञ्चालनमा नआउदा नै प्रयोगविहिन भएको स्थानिय विन्देश्वर प्रसाद यादवले तराई पोष्टलाई जानकारी दिनु भयो ।
सो डिप ट्युबेलबाट ६० बिगाह सिचाई गर्न सकिने क्षमता रहेको जनाइएको छ । नेपाल सरकारको ४८ लाख लगानीमा राजदेवी नगरपालिकामा सो डिप ट्युबेल जडान गरिएको कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाझिज, धनुषाका कृषि इन्जिनियर महेन्द्र सुनरैतले तराई पोष्टलाई जानकारी दिनु भयो ।
घर निर्माण, बोरिङ्ग जडान, पम्प जडान तथा विद्युतीय मोटर, ट्रान्स्फर्मर जडान लगायतको कार्य सकेर पानी सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेको अवस्थामा ट्रान्सफर्मर चोरी भएपछि पुनः ट्रान्फर्मर खरिद कार्यको लागि बजेट खर्च गर्न नमिल्ने सुनरैतले बताउनु भयो ।
डिप ट्युबेल जडानसँगै सम्बन्धित कार्यालयले १ किलोमिटर कुलो निर्माणको कार्य गर्नु पर्ने प्रावधान रहेकाले ट्युबेल सञ्चालनपछि कुलो निर्माणको काम गरिने तर सञ्चालनमा नआउदैमा ट्रान्सफर्मर चोरी भएपछि किसानहरु अन्यौलमा परेका छन । रौतहटमा सिँचाइ सङ्कटले किसानहरु पिडित भैरहेको अबस्थामा डिप ट्युबेल सञ्चालनका लागि राधाकृष्ण डिप ट्युबेल जल प्रबन्धक समितिले ट्रान्सफर्मर जडान गरि दिन माग गरेका छन ।
डिप ट्युबेल सञ्चालनमा ल्याउन दैवी प्रकोप उद्धार समितिलाइ ट्रान्स्फर्मर व्यवस्थापनको लागि अनुरोध गरेको समितिका सभापति रामेश्वर प्रसाद यादवले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ट्रान्फर्मर जडानका लागि नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई पत्राचार गरेको भएतापनि हालसम्म ट्रान्सफर्मर जडान हुन नसकेको समितिका सभापति यादवले गुनासो गर्नु भएको छ ।
राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारि प्रसाद यादवले १०० केभीएको एउटा ट्रान्स्फर्मर वडा नं. ७ मुडवलवाका लागि खरिद भएको र सोहिबाट डिप ट्युबेल समेत सञ्चालन गर्न सकिने गरी घना बस्तीको बिचमा जडान गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।


