करेन्ट लागेर सप्तरीमा एक किसानको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २४, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
करेन्ट लागेर सप्तरीमा एक किसानको मृत्यु

सप्तरी,२३ श्रावण। सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस