काभ्रेमा गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २४, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
काभ्रेमा गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते

काभ्रेपलाञ्चोक, २३ श्रावण। काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका छन् ।

गएराति १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो ।

दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस