सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २४, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद

सप्तरी, २३ श्रावण। प्रहरीले सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट गाँजा बरामद गरेको हो । 

बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

१७ वटा पोकामा लुकाएर राखेको अवस्थामा सुरक्षाकर्मीले ३ सय ९७ केजी गाँजा बरामद गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस