जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २६, आईतबार (६ महिना अघि)
  • ४ पटक पढिएको
जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काभ्रेपलाञ्चोक, २५ श्रावण। रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए । राधा स्वास्थ्यकर्मी हुन् ।

दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । हेटौंडा जान लागेको बिएससी ८४६३ नम्बरको गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।

त्यस्तै शनिबार रामेछापकै खाँडादेवी-४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ना६त ९४६३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २५ वर्षीय दिनेश माझी छन् भने १५ वर्षीय विवेक माझी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस