रौतहटमा पौने दश किलो गाँजासहित एक जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २६, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा पौने दश किलो गाँजासहित एक जना पक्राउ 

रौतहट, २५ श्रावण। रौतहटको चन्द्रनिगाहपुर–४ धनसारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार दिउँसो प्रहरीले गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी सहायक निरीक्षक टीकामाया सिवाकोटीको कमाण्डमा रहेको टोलीले दिउँसो करिब सवा १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नम्बरको मोटरसाइकललाई रोकी जाँचेको थियो।

जाँचका क्रममा मोटरसाइकलका पछाडिको जेब्रा झोलामा लुकाएर ल्याइँदै गरेको करिब ९ किलो ७५० ग्राम गाँजा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिइन्। बरामद गाँजा प्लास्टिकका दुई पोका भित्र राखिएको थियो।

मोटरसाइकल चालक बारा जिल्ला, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको डीएसपी लाबुङले बताइन्।

बरामद गाँजा र पक्राउ परेका थिङलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस