ठगी आरोपमा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २७, सोमबार (६ महिना अघि)
  • ३ पटक पढिएको
ठगी आरोपमा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

काठमाडौँ, २६ श्रावण। प्रहरीले लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी क्याम्पसका सहायक क्याम्पस प्रमुखलाई पक्राउ गरेको छ । सहायक क्याम्पस प्रमुख पदमबहादुर रावत आइतबार पक्राउ परेका हुन् ।

सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान गर्न रावतलाई पक्राउ गरिएको लमजुङका डीएसपी रेशम बोहराले बताए । रावत सहितको समूहले सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ । अपचलनमा सञ्चालक समिति, ऋण उप समिति र लेखा समितिका सदस्यहरू संलग्न देखिएका छन् ।

रावत विरुद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस