रामेछापको मन्थलीमा नुहाउने क्रममा एक जना बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रामेछापको मन्थलीमा नुहाउने क्रममा एक जना बेपत्ता

काठमाडौं, २७ श्रावण। रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आफ्नो घर नजिक ढिकुरे मन्दिर छेउको नदी किनारमा उनी नुहाउन गएका थिए । उनको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट इन्स्पेक्टर विक्रम अधिकारीको नेतृत्वमा गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस