उदयपुरमा बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
उदयपुरमा बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

उदयपुर, २७ श्रावण। उदयपुमा सातवर्षे बालिका बलात्कार गरेको आरोपमा ४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका– ११, बरुवाटारका ४५ वर्षीय शुभराज राई पक्राउ परेका हुन् ।

दोङले त्रियुगा नगरपालिका क्षेत्रकै बालिका बलात्कार गरेको उजुरी परेपछि फरार भएका राईलाई खोजतलास गरी पक्राउ गरिएको बताए । उनले भने, ‘आरोपित राईलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।’ राईले नाबालिकालाई गएको साउन १४ गते राति बलात्कार गरेको प्रहरीको भनाइ छ । 

यसैगरी त्रियुगा नगरपालिकाकै १६ वर्षे बालिकालाई बालयौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका– ११, साकेला टोलकै २२ वर्षीय सागर परियार पनि पक्राउ परेकाे दाेङले जानकारी दिए ।

पक्राउ परेका परियारमाथि उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस