बारामा कपडा र तीन मोटरसाइकल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
बारामा कपडा र तीन मोटरसाइकल बरामद

बारा, २७ श्रावण। सशस्त्र प्रहरी बलले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी चोकबाट करिब ४ लाख ४ हजार रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र ३ वटा मोटरसाइकल बरामद गरेको छ ।

एफ.ओ.वि. ( फर्वाड अपरेटिङ्ग डेस्क)  छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन पनेरुको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले मंगलबार भारतबाट नेपाल ल्याउँदै गरिएको रेडिमेड कपडा बरामद गरेको हो।

उक्त बरामद गरिएका कपडा र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस