बारा,२८ श्रावण। बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवामा एक १५ वर्षीया किशोरी आफ्नै गोठघरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार मृतक रामानन्द महतो नुनियाकी छोरी नन्दनी कुमारी महतो हुन्। घटना मंगलबार राति करिब ८ बजे भएको बताइएको छ।
स्थानीयले नन्दनीलाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो घटना हत्या हो वा आत्महत्या भन्ने विषयमा पोष्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्र निष्कर्ष निकालिनेछ। प्रारम्भिक अनुसन्धानमा कुनै ठोस कारण नखुलेको जनाइएको छ।


