सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २९, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार

विराटनगर,२८ श्रावण। सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।  कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस