सिरहामा झाडीभित्र नवजात शिशुको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २९, बुधबार (६ महिना अघि)
  • ४ पटक पढिएको
सिरहामा झाडीभित्र नवजात शिशुको शव फेला

सिरहा,२८ श्रावण। सिरहामा झाडीभित्र नवजात शिशुको शव फेला परेको छ। जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको किनारमा एक नवजात शिशुको शव फेला परेको हो।

बुधबार बिहान करिब ९ बजे स्थानीयले खोलाको किनारमा रहेको झाडीभित्र कपडामा बेरेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार मृत शिशु भर्खरै जन्मिएको बालक हुन्।

घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का तयार गर्दै आवश्यक प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै शिशु फाल्ने व्यक्ति वा व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस