बाढीमा फस्यो विद्यालय बस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २९, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
बाढीमा फस्यो विद्यालय बस

काठमाडौं, २८ श्रावण। सल्यानको कुमाख गाउँपालिकामा विद्यालय बस बाढीमा फसेको छ । कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा विद्यालयको बस फसेको हो ।

कुमाख गाउँपालिका–३मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बस खाली थियो । बुधबार दिउँसो ३: ४० बजेतिर बाढीमा फसेको बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको टोली खटिएको बस्नेतले बताए ।

घटनास्थल रागेचौरबाट झन्डै ५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस