सुनसरी, २९ श्रावण। सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा इटहरी–११ का ३० वर्षीय मोहम्मद अवजल मियाँको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो ।
घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मन्सुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको छ ।
सोही क्रममा घरको कम्पाउन्डमा पार्क गरिएको प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरधनी अवजल मियाँ भने घटनापछि फरार छन् ।


