सुनसरीको इटहरीबाट लागूऔषध बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३०, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीको इटहरीबाट लागूऔषध बरामद

सुनसरी, २९ श्रावण। सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ।

प्रहरीले विशेष सूचनाका आधारमा इटहरी–११ का ३० वर्षीय मोहम्मद अवजल मियाँको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो ।

घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मन्सुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको छ ।

सोही क्रममा घरको कम्पाउन्डमा पार्क गरिएको प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरधनी अवजल मियाँ भने घटनापछि फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस