रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३०, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं,२९ श्रावण। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ।

रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।

उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस