हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • ४ पटक पढिएको
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा, ३० श्रावण। झापामा जंगली हात्तीको आक्रमणबाट घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ घर भइ हाल दमक १ मा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ४७ वर्षीया सुनिता राई रहेको प्रहरीले जनाएको छ ।

गत साउन ११ गते बिहान करिब सवा ४ बजेतिर  दमक–१ बरगाछीनजिक मर्निङ वाकमा जाँदै गर्दा सुनिता र उनकी बहिनी ४२ वर्षीया कवितालाई हात्तीले आक्रमण गरेको थियो।

घाइते दुवैमध्ये  सुनिताको उपचारका क्रममा आज बिहान २:१३ बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको टाउको, दाहिने आँखी भौँ, दुवै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको थियो ।

यता घाइते कविता उपचार पश्चात्  साउन २५ गते डिस्चार्ज भएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस