मलंगवामा विद्यालय सुधार योजना सम्बन्धि प्रधानाध्यापकहरुलाई तालिम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मलंगवामा विद्यालय सुधार योजना सम्बन्धि प्रधानाध्यापकहरुलाई तालिम

सर्लाही, ३० श्रावण। सर्लाहीको मलंगवामा विद्यालय सुधार योजना (SIP) को तयारी, परिमार्जन तथा अपडेट प्रक्रियामा सहभागितामूलक विधि अपनाउने उद्देश्यले विशेष तालिम सम्पन्न भएको छ।

२०७२ को शिक्षा नियमावली अनुसार विद्यालयको दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि (SIP) अनिवार्य मानिन्छ। यही पृष्ठभूमि अनुसार आज (शुक्रबार) आयोजना गरिएको तालिममा जिल्लाका दुई वटा पालिका ( बसबरिया र धनकौल ) गाउँपालिकाका १०, १० वटा विद्यालय गरि जम्मा २० वटा बिद्यालयका प्रधानाध्यापकहरूलाई तालिम प्रदान गरिएको हो।

कार्यक्रममा प्रशिक्षकहरूले SIP तयार पार्दा विद्यार्थीको आवश्यकता, समुदायको अपेक्षा, विद्यालयको उपलब्ध स्रोत र दीर्घकालीन लक्ष्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। साथै, पुराना योजनाको समीक्षा गर्दै समयानुकूल परिमार्जन र अद्यावधिक गर्न सक्ने सीप पनि सिकाइएको परियोजनाको कार्यक्रम संयोजक जयनिन्द्र कुमार साहले बताउनु भयो।

तालिम राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आरआरपिके) को आयोजनामा र प्लान इन्टरनेशनलको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले सिकेको ज्ञान आफ्ना विद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यसले विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।

स्थानीय शिक्षाप्रेमीहरूले यस्ता तालिमहरू नियमित रूपमा आयोजना गरिनुपर्ने धारणा राखेका छन्, जसले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस