काठमाडौँ, ३० श्रावण। वृद्धमाथि जबर्जस्ती करणी गर्ने रोल्पाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घरमा एक्लै भएको अवस्थामा जबर्जस्ती करणीमा संलग्न भएका थबाङ गाउँपालिका- २ का ५२ वर्षीय धुते रोकालाई बिहीबार पक्राउ गरिएको हो ।
रोकामाथि थबाङ-२ कै ६२ वर्षीया ‘५३ घर्तीगाउँ १ क’ (नाम परिवर्तित) लाई घरमा एक्लै भएको अवस्थामा जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ । ती वृद्धमाथि साउन २३ गते राति साढे ९ बजे जबर्जस्ती करणी गरेको भनेर पीडितबाट साउन २८ मा प्रहरीमा लिखित निवेदन परेको थियो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार निवेदनपछि रोकालाई थबाङ प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय थबाङका इन्चार्ज प्रहरी निरीक्षक विदुरचन्द्र अधिकारीको नेतृत्वमा प्रहरी खटिएको थियो । आरोपित रोका र घटनाबारे घर्तीगाउँस्थित प्रहरी कार्यालयअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।


