काठमाडौँ, ३० श्रावण। पश्चिम बंगालको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । शुक्रबार बिहान तीर्थयात्री बोकेको एउटा निजी बस पूर्वी बर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो।
बस र ट्रक ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको बताइएको छ।


