ट्रक र बस एकआपसमा ठोक्किँदा, १० जनाको मृत्यु, ३५ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
ट्रक र बस एकआपसमा ठोक्किँदा, १० जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौँ, ३० श्रावण। पश्चिम बंगालको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । शुक्रबार बिहान तीर्थयात्री बोकेको एउटा निजी बस पूर्वी बर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो।

बस र ट्रक ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस