सप्तरीको बगैँचामा भेटियो करिब ९८ किलो गाँजा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
सप्तरीको बगैँचामा भेटियो करिब ९८ किलो गाँजा

सप्तरी, ३१ श्रावण। सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।

साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस