नहरमा डुबेर एक पुरुषको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १, आईतबार (६ महिना अघि)
  • ४ पटक पढिएको
नहरमा डुबेर एक पुरुषको मृत्यु

सप्तरी, ०१ भदौ। सप्तरीमा नहरमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको हो। चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले मृतकको शव परीक्षणका गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। घटना रहस्यमय देखिएको र आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस