गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवक पर्साबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवक पर्साबाट पक्राउ

काठमाडौं, ०१ भदौ। काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या गरेपछि बक्स पलङमुनि लुकाएर हिँडेका थिए । घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए ।

तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका हुन् । उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइँदै गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस