४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १, आईतबार (६ महिना अघि)
  • ४ पटक पढिएको
४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

धनगढी, ०१ भदौ। कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।

उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो ।

उनी खोजीको क्रममा मृत भेटिएकी हुन् । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस