
दाङ, ०२ भदौ। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय बालकृष्ण गिरी रहेको प्रहरीले जनाएको छ ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरि प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।
