सर्लाहीमा विद्यालय बस पल्टिँदा, चालकसहित ५ जना बिद्यार्थी घाईते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (६ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा विद्यालय बस पल्टिँदा, चालकसहित ५ जना बिद्यार्थी घाईते

सर्लाही, ०२ भदौ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान एक विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थीसहित चालक घाइते भएका छन्।

ईश्वरपुर नगरपालिकाको बयलवासमा अवस्थित माउन्ट कञ्चनजंघा बोर्डिङ स्कुलको ना ५ ख ७३७३ नम्बरको बस दुर्घटना भएको हो। प्रहरीका अनुसार बस गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको हो।

दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतोसहित सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन्।

सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार हाल लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस