नुवाकोटमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (६ महिना अघि)
  • ४ पटक पढिएको
नुवाकोटमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

नुवाकोट, ०२ भदौ। नुवाकोटको पञ्चकन्याका एक पुरुषको सर्पको डसाइबाट मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका-२ कबिलास सिक्रे घर भएका ५० वर्षीय पशुपति खनालको सर्पको डसाइका कारण सोमबार निधन भएको वडाध्यक्ष रामशरण श्रेष्ठले बताए।

उनका अनुसार खनाललाई गत साउन २४ गते शनिबार दिउँसो आफ्नै बारीमा मकै भाँचिरहेका बेला सर्पले डसेकोमा उपचारका क्रममा ज्यान गएको हो। 

खनालको पहिले टेकु अस्पताल र पछिल्लो केही दिनदेखि पाटन अस्पतालमा  उपचार भइरहेको थियो। विषालु सर्पको डसाइले घाइते बिरामी हुन पुगेका खनालको उपचारका क्रममा १० दिनको दिन मृत्यु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

ताजा अपडेट

खोजी गर्नुहोस