इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (१ साल अघि)
  • १२६ पटक पढिएको
इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ 

काठमाडौँ,०३ भदौ। मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फरार कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् ।

एनसीबी आबुधाबी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस