विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौँ,०३ भदौ। विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४२ वर्षीय लुङबहादुर महरा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस