उदयपुरमा २४० केजी गाँजासहित कार नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
उदयपुरमा २४० केजी गाँजासहित कार नियन्त्रणमा

विराटनगर, ०३ भदौ। उदयपुरको बेलका नगरपालिका–२, जगना खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको बा.२१ च १८११ नम्बरको कार चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको भागलपुर प्रहरी चौकी र बसाहा प्रहरी चौकीको संयुक्त टोलीले कार भित्र २ बोरा गाँजा फेला पारेको हो । त्यसपछि सोही कार नजिकै खोलाको किनारमा थप ७ बोरा गाँजा भेटिएको थियो।

समग्रमा बरामद भएको गाँजाको तौल २४० किलो पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बरामद कारसहितको गाँजा अहिले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलामा राखिएको छ।

गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजिकार्य तथा यस सम्बन्धि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस