
रौतहट, ०४ भदौ । रौतहटमा साँढे ३ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका – २ का ५५ वर्षीय गोपालबहादुर थिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार थिङले आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको हो ।
उनको घर खानतलासी गर्दा कोठामा लुकाइराखेको करिब साढे ३ किलो गाँजा बरामद गरेको जनाएको छ । सोही क्रममा प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए।
