स्टील्स् उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
स्टील्स् उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु

वीरगन्ज, ०४ भदौ । नारायणी स्टिल्स् उद्योगमा कार्यरत एक मजदुरको मंगलबार राति करेन्ट लागेर मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका- १४ बेहरीका २५ वर्षीय उपेन्द्र चौधरीको मृत्यु भएको हो।

वीरगन्ज महानगरपालिका – ३२ चोर्नीस्थित उद्योगमा काम गरिरहेका बेला चौधरीलाई करेन्ट लागेको हो । करेन्ट लागेर ढलेको अवस्थामा अन्य मजदुरले देखेपछि राति २ बजे चौधरीलाई अस्पताल लगिएको थियो । अस्पताल लगिएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले उद्योगभित्र वेल्डिङको काम गरिरहेका बेला करेन्ट लगेर चौधरीको मृत्यु भएको पुष्टि गरेका छन् ।

मृतकका परिवारले भने समयमै उपचार नपाउँदा क्षति भएको दुखेसो गरेका छन् । उद्योगमा कार्यरत मजदुर करेन्ट लागेर ढलिसक्दा समेत अस्पताल प्रशासन लामो समयसम्म बेखबर भएको र समयमै उपचार गर्न नलगेका कारण चौधरीको मृत्यु भएको पीडित परिवारको गुनासो छ ।

मृतकको शव वीरगन्जस्थित नारायणी अस्पतालमा शल्यपरीक्षणका लागि राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस