मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं, ०४ भदौ। मकवानपुरमा मोटरसाइकलको ठक्करबाट रौतहटकि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गढिमाई नगरपालिका-४ का ४६ वर्षीया परमज्योति देवी चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान पूर्व-पश्चिम राजमार्गको मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरस्थित जलेश्वर मन्दिर अगाडी प्र.३–०२–००६ प १९८० नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकि उनलाई ठक्कर दिएको थियो।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएकी उनलाई तत्कालै उपचारको निम्ति पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय असवयस पुडासैनी र पछाडी सवार ४६ वर्षिया भगवती पुडासैनी घाइते भएका छन्। घाइते भगवतीको चितवन अस्पतालमा उपचार भइरहेको छ भने असवयसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस