छात्रवृत्तिमा नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ५, बिहिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
छात्रवृत्तिमा नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौ, ०५ भदौ। सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ बस्ने २७ वर्षीय सञ्जिव राई छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने भन्दै एक जनाबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस