काठमाडौँ, ०६ भदौ। एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भइ काठमाडौंको बागबजार बस्ने ४० वर्षीय राजेन्द्र थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा उनी २५ साउन २०८० मा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।


