खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (१ साल अघि)
  • १३५ पटक पढिएको
Post Thumbnail

झापा, 07 भदौ। झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीको खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । 

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस