मर्स्याङ्दी नदी किनारमा ३५ वर्षीय पुरुषको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मर्स्याङ्दी नदी किनारमा ३५ वर्षीय पुरुषको शव फेला

तनहुँ, ०७ भदौ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ । 

नाम, थर र वतन नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस